Biratnagar, Morang, Nepal
शिक्षा

महाधिवेशनको दोस्रो दिन : ९:१५ बजेबाट बन्दसत्र सुरु

-
अखवारका कुरा
१९ असोज २०८३, सोमवार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि जारी रहेको छ । आज बिहान ७ः३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ । त्यसपछि बिहान सवा ९ बजेबाट तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ । 

बन्दसत्रमा पार्टी सभापतिको प्रतिवेदन पेस गरिनेछ भने त्यसलगत्तै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइने जनाइएको छ । विधानमाथिको छलफलपछि दिउँसो साढे ११ बजे प्रतिनिधिको खानाका लागि समय निर्धारण गरिएको छ ।

यसैगरी महाधिवेशनमा विभिन्न पदका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ ।

View : 20

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved