ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंक तीनपैनी विराटनगर शाखाको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको छ ।
स्थानीय स्तरमा उपचाररत बिरामीका लागि आवश्यक रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा शाखाका प्रबन्धक पारस अधिकारीले रक्तदान जस्तो मानवीय कार्यले आपतकालीन अवस्थामा जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बैंक वित्तीय सेवा प्रदायक संस्थामात्र नभई समाजप्रति उत्तरदायी संस्थाका रूपमा स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको जानकारी दिए ।
समुदायसँग सहकार्य गर्दै जनहितमा आधारित कार्यक्रमहरू सञ्चालन गर्नु बैंकको दिगो विकास रणनीतिको अभिन्न अङ्ग भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताए ।
रक्तदान कार्यक्रममा बैंकका कर्मचारीसँगै बैंकका ग्राहक, स्थानीय युवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।
View : 58
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved