Biratnagar, Morang, Nepal
मनोरंजन

अघि बढ्दै चलचित्र पत्रकार संघ मोरङ

प्रेम देवानको नेतृत्वमा चलचित्र पत्रकार संघ मोरङको नयाँ कार्यसमिति गठन

-
अखवारका कुरा
५ चैत २०८२, बिहिवार

Advertisement

विराटनगर - चलचित्र पत्रकार संघ मोरङको नयाँ कार्यसमिति चयन भएको छ। दोश्रो कार्यकालका लागि नयाँ नेतृत्वका रूपमा अध्यक्षमा प्रेम देवान चयन भएका छन्।

उपाध्यक्षमा हुसेन सेख, अनुज सापकोटा र पवन साह चयन भएका छन् भने सचिवमा सन्तोष बास्तोला, सह-सचिवमा सरिता कर्मकार र अफताफ अली तथा कोषाध्यक्षमा कपलेस यादव रहेका छन्।

यसैगरी सदस्यहरूमा दीपेन्द्र साह, जुगेश दास, सोनु शर्मा, दीक्ष राजवंशी, सुभाष भण्डारी, मीना श्रेष्ठ, शिव शंकर यादव, आयुष यादव, नम्रता न्यौपाने र आस्मा राठी चयन भएका छन्।

नयाँ कार्यसमिति चयन कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा नरेन्द्र बस्नेत, वसिम आलम र अभिषेक गिरीको उपस्थिति रहेको थियो। साथै नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला  पाठकसहित विभिन्न सञ्चारकर्मीको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले चलचित्र पत्रकारिता क्षेत्रले समाजमा मनोरञ्जन मात्र नभई सूचना र सचेतनाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले चलचित्र क्षेत्रको विकाससँगै पत्रकारितालाई अझ जिम्मेवार, तथ्यपरक र पेशागत मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिए।

उनले महानगरपालिकाको तर्फबाट चलचित्र पत्रकारिताको प्रवर्द्धन, क्षमता विकास तथा संस्थागत सुदृढीकरणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा अन्य वक्ताहरूले चलचित्र पत्रकारिताको विकास, व्यावसायिकता र एकताको आवश्यकता औंल्याउँदै शुभकामना  दिएका थिए।

View : 60

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved