Biratnagar, Morang, Nepal
राजनीति

११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय

-
अखवारका कुरा
२७ असोज २०८२, सोमवार

Advertisement

 

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता हुने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि स्थान र मितिको टुङगो केन्द्रिय कमिटीको बैठकले तय गर्ने ज्ञवालीले बताएका हुन् । 

उनले भने, ‘नेकपा एमालेको सचिवालय बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ । स्थान र मितिको टुङगो हामीले केन्द्रिय कमिटीको बैठकबाट गर्ने छौ ।’ 

उनका अनुसार बैठकले प्रधेशसभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको भन्दै प्रधेशसभा पूर्नः स्थापना हुनुपर्ने माग गरेको बताए । 

प्रधेशसभाको विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसकारण असंवैधानिक र अलोकतान्त्रिक ढङगले गरिएको प्रधेशसभाको विघटनलाई बदर गर्दै प्रधेशसभा पूर्नः स्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ, उनले भने । 

उपमहासचिव ज्ञवालीले सरकार निर्वाचनको बाटोमा नभई निषेध, प्रतिशोध र मुठभेटको बाटोमा हिडिरहेको बताए ।  

View : 64

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved