बिराटनगर । पञ्चांग निर्णायक समितिले यस वर्षको विजया दशमीको टीका ग्रहण गर्नका लागि उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार २०८१ सालको दसैं टीका असोज २६ गते शनिबारका दिन बिहान ११ बजेर ३६ मिनेटमा ग्रहण गर्न उपयुक्त हुने बताइएको छ।
समितिले घटस्थापनाका लागि पनि साइत निर्धारण गरेको छ। घटस्थापनाको उत्तम समय असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। यस दिन दुर्गा देवीको कलश स्थापना गरी दसैंको शुरुवात गरिन्छ।
यद्यपि, पञ्चांग समितिले टीका र प्रसाद ग्रहण गर्नका लागि विशेष साइतको आवश्यकता नपर्ने जानकारी गराएको छ। जनमानसले परम्परागत र सान्दर्भिक समयमा पनि सहज रूपमा टीका ग्रहण गर्न सक्ने उल्लेख गरिएको छ।
नेपालभर दसैंको उत्सव उल्लासका साथ मनाइने भएकोले, यो साइतले चाडपर्वलाई थप विधिपूर्वक र धार्मिक रूपमा सम्पन्न गराउने विश्वास गरिएको छ।
View : 385
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved