Biratnagar, Morang, Nepal
खेलकुद

किर्तिपुर क्रिकेट मैदानमा पहुँचयुक्तता अभाव : एक तस्बिरले देखाएको वास्तविकता!

-
आकृती रानी फुयल
५ मंसिर २०८२, शुक्रवार

Advertisement

एनपिएल सिजन–२ अन्तर्गत किर्तिपुरमा सम्पन्न लुम्बिनी लायन्स र चितवन राइनोजबीचको चौथो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको क्षण खेलप्रेमीका लागि खुसीको विषय बन्यो।
तर खेलको नतिजाभन्दा बढी चर्चामा रह्यो मैदानको बाहिरी भागमा व्हिलचेयरमा बसेर उत्साहपूर्वक रमाइरहेका एक युवा, जसको तस्बिर सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल बन्यो।
उक्त तस्बिरमा उनी दर्शक कुर्सी तथा पहुँचयुक्त स्थानभन्दा टाढा, चारैतिर फलामले घेरेको एक असुविधाजनक भागमा बसेका देखिन्छन् । सम्भवतः कसैको सहायतामा मात्र उनी त्यहाँसम्म पुगेका हुन सक्छ। मिडियाले सो तस्बिरलाई टिआरपि बढाउने सामग्रीका रूपमा प्रयोग गरे पनि यसले देशमा पहुँचयुक्त खेल संरचनाको अभाव फेरि उजागर गरेको छ।
वि.स.२०६९  सालदेखि लागू गरिएको ‘पहुंचयुक्त भौतिक संरचना तथा सेवा निर्देशिका’ ले सार्वजनिक स्थल, भवन तथा सेवाहरू सबैका लागि समावेशी र पहुँचयोग्य हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर किर्तिपुर क्रिकेट मैदानको वास्तविकता हेर्दा निर्देशिका कार्यान्वयन अझै कमजोर देखिन्छ।

सामाजिक सञ्जालमा सो बिषयलाई लिएर प्रश्नहरु उठेका छन । कहिले बन्ने पहुँचयुक्त खेल मैदान?  ,
कहिले सम्म अपांगता भएका व्यक्तिहरुले बाहिरैबाट खेल हेर्नुपर्ने?,  उनीहरूको आत्मसम्मानको रक्षा गर्ने निकाय कहाँ छ?

एनपिएलको उत्साहका बीच, यस घटना ले नेपालमा समावेशी र पहुँचयुक्त संरचना निर्माण अत्यावश्यक भएको सन्देश फेरि एक पटक औल्याएको छ।

View : 62

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved