Biratnagar, Morang, Nepal
अर्थ

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

-
अखवारका कुरा
२८ वैशाख २०८३, सोमवार

Advertisement

काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको बझाङ–बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइन निर्माणका लागि ६ वटा कम्पनी छनोट भएका छन् । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रवक्ता नगेन्द्र चौधरीले यो आयोजना निर्माणका लागि निजी क्षेत्रका तीन र सरकारी क्षेत्रका तीन कम्पनी सहित ६ कम्पनी छनौट भएको जानकारी दिए ।

उनका अनुसार आयोजनामा सरकारी पक्षबाट राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको २६ प्रतिशत शेयर रहनेछ । त्यसैगरी चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेडको समान १२.५÷१२.५ प्रतिशत अंश रहने सुनिश्चित भएको छ ।

निजीक्षेत्र तर्फबाट यसमा समृद्धि इनर्जी लिमिटेडको सबैभन्दा बढी ३५.१ प्रतिशत लगानी रहनेछ भने ङादी ग्रुप पावर लिमिटेडको ७ प्रतिशत र सिउरी न्यादी पावर लिमिटेडको ६.९ प्रतिशत शेयर रहनेछ । कम्पनीले यसअघि २०८२ भदौ २२ गते लगानीका लागि इच्छापत्र आह्वान गरेको थियो । आठ कम्पनीले आवेदन दिएकोमा ६ कम्पनी छनोटमा परेका हुन् ।

करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर रहनेछ । यो प्रसारण लाइन बझाङको चैनपुर सबस्टेसनबाट सुरु भएर डोटीको बनलेक हुँदै कैलालीको दोदोधरा सबस्टेसनसम्म पुग्नेछ । यसको विद्युत् वहन क्षमता २ हजार ५ सय मेगावाट रहनेछ । परियोजना सन् २०३१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसले सुदूरपश्चिमका रणनीतिक जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्नेछ ।

View : 30

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved