काठमाडौं । आम जनता पार्टीबाट काठमाडौं क्षेत्र नं ५ उम्मेदवारी दिएकी कोमल पौडेलले आफ्नो उम्मदवारी फिर्ता लिएकी छिन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनले आफूले नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई समर्थन जानाउन उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् ।
कार्यक्रममा उम्मेदवार पोखरेलले एमालेले सामाजिक सद्भावको मुद्दालाई महत्वकासाथ उठाएको भन्दै देशमा भएको विविधतालाई देशको तागत र शक्तिको रुपमा लिनुपर्ने धारणा राखे ।
उनले देशको तागतलाई विथोल्न खोज्ने गलत तत्वलाई अन्त्य गर्ने एमालेको अडान रहेको धारणा राखे ।
उनले भने,‘एमालेले सामाजिक सद्भावको मुद्दालाई महत्वकासाथ उठाएको छ । यो हाम्रो देशमा भएको विविधतालाई हाम्रो देशको तागत र शक्तिको रुपमा लिनुपर्छ । यसलाई विथोल्न खोज्ने कुनै पनि कुरा गलत हुन् ती चिजलाई अन्त्य गर्नुपर्छ भन्ने एमालेको अडान हो । आज कोमल जीले एमालेलाई दिएको समर्थनले एमालेको सामाजिक सद्भाव र यसैको जगमा टिकेको राष्ट्रिय एकतालाई समर्थन गर्नु हो ।’
त्यस्तै उनले एमालेले अबको राजनीति सेवा प्रवाहमा केन्द्रीत हुनुपर्छ भनेर जोड दिएको बताए ।
विगतमा एमालेले अघि सारेका विकासका कामहरुमा ढिलाई भइरहेको बताउँदै उनले एमालेले त्यसलाई तीव्र रुपमा अगाडि बढाउने दाबी गरे ।
राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको उनको भनाई छ ।
View : 6
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved