Biratnagar, Morang, Nepal
देश

संसदीय समितिद्वारा नयाँ संसद भवन र ग्यालरी बैठकको अनुगमन

८ वैशाख २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले नयाँ संसद भवन र ग्यालरी बैठक भवनको अनुगमन गरेको छ ।
मंगलबार बसेको बैठकपछि समितिका सभापति पूजा चौधरीसहितको टोलीले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन र ग्यालरी बैठक भवनको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा निर्माणको प्रगति, संरचनाको अवस्था तथा पुरातात्त्विक सम्पदाको संरक्षणबारे जानकारी लिइएको थियो । समितिले शहरी विकास तथा भवन निर्माण विभागसँग नयाँ संसद भवनको निर्माण प्रगति तथा ग्यालरी बैठक भवनको रेट्रोफिटिङ कार्यबारे छलफल समेत गरेको थियो ।

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved