हिमाल आरोहण
काठमाडौं
विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले सोमबार ३१ औँ पटक सगरमाथा चढेका छन्।
सेभेन समिट ट्रेक्सका अनुसार शेर्पाले बिहान ४ बजे सगरमाथाको चुचुरो टेक्दै आफ्नै नाममा रहेको ३० पटकको कीर्तिमान तोडेका हुन्।
‘कामीरिता शेर्पा सगरमाथाको विश्वव्यापी प्रतीक हुन्। उनी हाम्रो राष्ट्रिय आरोही नायक हुन्,’ सेभेन समिट ट्रेक्सले एक विज्ञप्ति जारी गर्दै भनेको छ।
हाल उनी आधार शिविर फर्कँदै गरेको र सुरक्षित अवतरण हुनेमा विश्वास गरिएको सेभेन समिट ट्रेक्सले जनाएको छ।
कामीरिताले पहिलो पटक १९९४ मा सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनले प्रत्येक वर्ष झन्डै नियमितरूपमा सर्वोच्च शिखर चढ्दै आएका छन्।
View : 680
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved