Biratnagar, Morang, Nepal
अर्थ

आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो

-
अखवारका कुरा
८ फागुन २०८२, शुक्रवार

Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार (हिजो) पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार चाँदी ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको थियो भने बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको थियो ।

View : 38

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved