Biratnagar, Morang, Nepal
स्थानीय तह

सडक दुर्घटना

विराटनगरमा सडक दुर्घटनामा युवकको मृत्यु

-
अखवारका कुरा
५ असोज २०८२, आइतवार

Advertisement

विराटनगर - विराटनगर-४ दुधफारम  अगाडि शनिबार साँझ भएको सडक दुर्घटनामा ३२ वर्षीय प्रदीपबहादुर भण्डारीको मृत्यु भएको छ।

सर्लाही घर भई हाल विराटनगरमा बस्दै आएका भण्डारी बरगाछीबाट इटहरीतर्फ स्कुटर (प्रदेश १–०१–०१५ प २१९७) मा जाँदै गर्दा बाटो काट्दै गरेको अज्ञात सिटी सफारीलाई ठक्कर दिएका थिए। ठक्करपछि स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किँदा भण्डारी गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामै उपचारका लागि नोबेल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। मृतक भण्डारी सुन्दरहरैंचा–४ स्थित इटहरी इन्टरनेसनल कलेजमा कार्यरत थिए।

View : 120

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved