विराटनगर । विराटनगर १० मा रहेको मार्टस स्कुलले विद्यार्थिहरुलाई शैक्षिक भ्रमण गराएको छ । स्कुलले कक्षा ९ र १० कक्षामा अ२ययनरत करिव ८०जना विद्यार्थीहरुलाई भ्रमण गराएको हो ।
विद्यार्थीहरुले पुस्तकमा पढेका कुराहरुलाई जान्न सिक्न र वुझ्न र आन्तरिक पर्यटन पर्वध्र्वधनका लागि विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएको थियो । स्कुलले धनकुटाको नाम्जेमा अवस्थित जुनु नाम्जे होमस्टे, भेडेटारमा अवस्थित पाथिभरामाताको मन्दिर परिसर र सुनसरिको धरानमा अवस्थित श्रम संस्कृति पार्कको अवलोकन गराएको थियो ।
यस्ताखाले शैक्षिक भ्रमणले वाहिरि ज्ञान हासिल गर्न र प्रत्यक्ष अवलोकन गरि स्व अध्ययनमा टेवा पुग्न मध्दत गर्ने भएका कारण शैक्षिक भ्रमण उपलब्धि हाासिल गरेको विद्यार्थीहरुले बताएका छन् । भ्रमणमा विद्यार्थीहरुले देखे र सिकेका कुराहरुलाई प्रोजेक्टवर्कका रुपमा प्रस्तुत समेत गरेका थिए ।
विद्यार्थीहरुले विभिन्न पाठ्य पुस्तकमा पढेका कुराहरुलाई भ्रमणमा प्रतक्ष्य अवलोकन गरि सिकाईमा थप टेवा पुगेको स्कुलका प्रिन्सिपल विजय डाँगिले बताएका छन् । मार्टस स्कुलले विद्यार्थीहरुको सिकाईमा टेवा पुर्याउनका लागि हरेक बर्ष यस्ताखाले विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
View : 76
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved