Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लायन्समा नयाँ नेतृत्व

लायन्स क्लब अफ विराटनगर पाथीभराको अध्यक्षमा स्वाति शर्मा

समाजसेवा र व्यावसायिक अनुभवलाई क्लबको अभियानसँग जोड्ने शर्माको प्रतिबद्धता
-
अखवारका कुरा
१७ असार २०८३, बुधवार

Advertisement

विराटनगर : लायन्स क्लब अफ विराटनगर पाथीभराको लायन्स वर्ष २०२६/२७ का लागि स्वाति शर्मा अध्यक्षमा चयन भएकी छन्। क्लबको नयाँ कार्यसमितिमा सचिवमा सुबेक्षा कार्की र कोषाध्यक्षमा सृजना पोखरेल कोइराला चयन भएका छन्।

शर्मा समाजसेवा र वित्तीय क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन्। वित्तीय क्षेत्रमा करिब एक दशकभन्दा बढी अनुभव हासिल गरेकी उनी हाल सामाजिक कार्य (सोसल वर्क) विषयमा अध्ययनरत छिन्।

समुदायमा आधारित विभिन्न सामाजिक अभियानमा संलग्न शर्मा लागूऔषध दुव्र्यसन नियन्त्रण, सामाजिक सचेतना, युवा सहभागिता अभिवृद्धि तथा समुदाय विकासका कार्यक्रमहरूमा सक्रिय रहँदै आएकी छन्। शैक्षिक अध्ययनसँगै व्यवहारिक अनुभवलाई समाजसेवामा उपयोग गर्दै समुदायका आवश्यकता अनुरूप कार्यक्रम सञ्चालनमा उनको विशेष रुचि रहेको छ।

क्लबले नयाँ नेतृत्वको कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला तथा युवा सशक्तीकरण तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। नयाँ कार्यसमितिले लायन्सको सेवामूलक अभियानलाई अझ सशक्त र समुदायसँग जोडेर अघि बढाउने विश्वास गरिएको क्लबकी पुर्व अध्यक्ष  एकता थापाले बताइन्।

View : 321

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved