Biratnagar, Morang, Nepal
अर्थ

शेयर बजारमा खुशीको माहोल

सेयर बजारमा बलियो सुधार, नेप्से ८१ अंकले उकालो

-
अखवारका कुरा
६ साउन २०८२, मङ्गलवार

Advertisement

काठमाडौं - मंगलबारको सेयर बजारले लगानीकर्तालाई राहतको सास फेर्ने मौका दिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकै दिन ८१.७७ अंकले बढेर २,९७४.५५ बिन्दुमा पुगेको छ। पछिल्ला केही दिनयता ओरालो लागेको बजार मंगलबारको सुधारपछि फेरि उत्साहजनक बिन्दुमा पुगेको हो।

आजको कारोबारमा २३६ कम्पनीको सेयर मूल्यमा सुधार आयो भने १४ कम्पनीको सेयर मूल्य घट्यो। बजारमा समग्रमा सकारात्मक माहोल देखिएको भन्दै लगानीकर्ताले उत्साह व्यक्त गरेका छन्।

नेप्सेमा आज कुल २० अर्ब ८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो, जुन पछिल्ला केही साताको तुलनामा उल्लेख्य हो। कारोबारको संख्यामा पनि वृद्धि भएको देखिएको छ।

बजार विश्लेषकहरूका अनुसार पछिल्ला दिनमा ब्याजदर घट्ने संकेत, आर्थिक नीति र लगानीकर्ताको मनोविज्ञानमा आएको परिवर्तनले बजारलाई सकारात्मक दिशा दिएको हो। ‘यो सुधारले अल्पकालीन मात्र होइन, दीर्घकालीन रूपमा पनि लगानीकर्ताको आत्मविश्वास बढाउने संकेत दिएको छ,’ एक विश्लेषकले भने।

लगानीकर्ताहरूले भने बजारमा स्थिरता र थप सुधारका लागि सरकार तथा नियामक निकायको भूमिका अझ स्पष्ट र सक्रिय हुनुपर्ने धारणा राखेका छन्।

View : 161

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved