Biratnagar, Morang, Nepal
देश

तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै

-
अखवारका कुरा
१४ कार्तिक २०८१, बुधवार

Advertisement


कार्तिक १४ - तिहार पर्वको पहिलो दिन, काग तिहार आज देशभर पूजाआजा गरेर मनाइँदैछ। आजको दिन कागलाई यमराजको दूतका रूपमा मानिँदै दही, भात, मिठाइ जस्ता खानेकुरा चढाएर पूजा गरिन्छ। कागलाई यमदूतको रूपमा पूजा गर्दा यमलोकमा राम्रो सन्देश पुर्याउने विश्वास रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, सूर्योदयकालमा त्रयोदशी पर्ने भएकाले आजका दिन काग तिहार मनाउन शास्त्रीय विधानअनुसार निर्णय गरिएको हो। यस दिन कागलाई मन पर्ने खाना दिएर खुसी पार्दा यमराजले लोकको खबर कागबाट थाहा पाउने धार्मिक विश्वास रहेको बताइएको छ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आयोजना गरिँदै छ।

तिहार पर्वको दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ। यसलाई मध्यनजर गर्दै भोलिबाट सार्वजनिक बिदा समेत दिइने भएको छ।

View : 436

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved