काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटघाट गरेका छन्।भेटका क्रममा जापानी राजदूतले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
मन्त्री गौतम र राजदूत माएडा बीच कानून सुधारका विषयमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको छ। साथै सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका विषय बदलिँदो विश्व राजनीतिमा तीव्र रूपमा अगाडि बढिरहेको सन्दर्भमा त्यसलाई नियमन गर्न उपयुक्त कानून आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो।
उनीहरूबीच सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने तथा जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
View : 115
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved