बरालका अनुसार भदौ १७ गते बस्ने केन्द्रीय समितिको बैठकबाट नयाँ कार्यतालिका सार्वजनिक गरी समानान्तर महाधिवेशनको औपचारिक तयारी अगाडि बढाइनेछ । ‘सर्वोच्च अदालतले जे निर्णय गर्छ, त्यसलाई हामी शिरोधार्य गर्छौँ । तर अदालतले रोक नभनेसम्म राजनीतिक गतिविधि अघि बढ्छ,‘ उनले भने ।
उनले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित आलोचनाबारे पनि टिप्पणी गर्दै केही नेताले योजनाबद्ध रूपमा देउवालाई बदनाम गर्ने प्रयास गरेको आरोप लगाए । गगन थापाले देउवालाई भेट्न समय नपाएको विषयलाई उनले ‘मिडियाबाजी’को संज्ञा दिए ।
‘महामन्त्रीलाई सभापतिलाई भेट्न पत्रकार सम्मेलन गर्नुपर्ने अवस्था हुँदैन । समय नदिएको भन्ने प्रचार कृत्रिम हो,‘ उनले भने । बरालले पार्टीभित्र विश्वासको वातावरण कमजोर बनेको दाबी गर्दै नेतृत्व पक्षले पटक–पटक प्रतिबद्धताविपरीत व्यवहार गरेकाले संवाद कठिन भएको बताए । उनले डा. शशाङ्क कोइरालाले एकताका लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अझै पनि एकताको सम्भावना समाप्त नभएको बताए ।
न्यूज बैंकसँगको कुराकानीका क्रममा उनले देशमा लगातार देखिएका प्राकृतिक विपत्तिलाई राजनीतिक र सामाजिक आत्मसमीक्षासँग जोडेर व्याख्या गरे । पछिल्ला वर्षहरूमा बाढी, पहिरो र अन्य विपत्तिले ठूलो जनधनको क्षति पु¥याएको उल्लेख गर्दै उनले नेपालका राजनीतिक दल र समाजले ‘कोर्स करेक्सन’ गर्नुपर्ने समय आएको तर्क गरे ।
पलाञ्चोक भगवतीको मन्दिरमा पसिनाको प्रसंग
बरालले पलाञ्चोक भगवतीको मन्दिरमा पसिना आएको घटनापछि ठूलो विपत्ति आएको भन्ने प्रसंगसमेत उल्लेख गर्दै नेपालको सांस्कृतिक र आध्यात्मिक पक्षलाई बेवास्ता गर्न नहुने धारणा व्यक्त गरे ।
‘हामीले विकास र सुधारका नाममा प्रकृति र समाजसँगको सन्तुलन बिगा¥यौँ कि भन्ने प्रश्न उठेको छ । राजनीतिक दलहरूले पनि आत्मसमीक्षा गरेर सही दिशामा फर्कनुपर्छ,‘ उनले भने ।
उनले वर्तमान राष्ट्रिय संकटका बेला कांग्रेस विभाजित हुनु देशका लागि हितकर नहुने दोहो¥याउँदै सर्वोच्च अदालतको अन्तिम निर्णयपछि पार्टीलाई एउटै वैधानिक प्रक्रियाबाट अघि बढाउनुपर्ने आफ्नो पक्षको अडान दोहो¥याए। यद्यपि वर्तमान नेतृत्व त्यसमा तयार नदेखिएकाले समानान्तर महाधिवेशनको तयारी राजनीतिक बाध्यता बनेको
उनले बताए ।
View : 18
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved