आवश्यक छ । विद्यमान व्यवस्थाले नयाँ जातको आयात, परीक्षण र व्यावसायिक प्रयोगमा कठिनाइ उत्पन्न गर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी पुष्प व्यवसायमैत्री, वैज्ञानिक र समयसापेक्ष व्यवस्था गर्न सरकारसँग म आग्रह गर्न चाहन्छु,’ उनले भने ।
त्यस्तै, प्रतिबन्धित प्लास्टिकजन्य कृत्रिम फूल तथा पुष्पजन्य वस्तुको प्रयोग, बिक्री वितरण र प्रचारप्रसार नियन्त्रण गर्न उनले माग गरे । यस्ता सामग्रीको प्रयोगले वातावरणमा प्रतिकूल असर पार्नुका साथै स्वदेशी प्राकृतिक फूलको बजारमा समेत नकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।
नेपालको जैविक तथा वानस्पतिक विविधतालाई उपयोग गर्दै रैथाने फूल तथा शोभनीय वनस्पतिको व्यावसायिक उत्पादन र निर्यात प्रवद्र्धन गर्नुपर्नेमा पनि श्रेष्ठले जोड दिए ।
श्रेष्ठले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा फूल संकलन, वर्गीकरण, ग्रेडिङ, प्याकेजिङ, शीतभण्डार, मूल्य सूचना तथा वितरणको एकीकृत सुविधा भएको आधुनिक पुष्प थोक बजार स्थापना गर्नुपर्ने बताए ।
View : 58
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved