शोकमा बङ्गलादेश
बंगलादेश वायुसेनाको एक एफ–७ बीजेआई ट्रेनर विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारीस्थित माइलस्टोन स्कुल परिसरमा दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ।
प्रमुख सल्लाहकारका विशेष सहायक प्राध्यापक डा. सैदुर रहमानका अनुसार, घटनामा हालसम्म १६ जनाको मृत्यु पुष्टि भइसकेको छ भने कम्तीमा १५० जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ।
विमान नियमित तालिम उडानमा रहेको बताइएको छ। यद्यपि, प्राविधिक गडबडीका कारण नियन्त्रण गुमाउँदै विद्यालयको भवनमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान बंगलादेश वायुसेनाले सुरु गरिसकेको छ।
दुर्घटनापछि सुरक्षाकर्मी, दमकल टोली र उद्धारकर्मीहरू तुरुन्त घटनास्थलमा पुगेका थिए। उद्धार कार्य अझै जारी रहेको र केही विद्यार्थीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।
सरकारले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको निशुल्क उपचारको व्यवस्था मिलाउने घोषणा गरेको छ। विमान दुर्घटनापछि देशभरि शोकको वातावरण छ।
View : 229
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved