विराटनगर, भाद्र १० – विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति आकस्मिक (गाइने इमर्जेन्सी) सेवा विस्तार गरि छुट्टै भवन मार्फत सेवा सञ्चालनमा ल्याएको छ ।
हस्पिटलका अनुसार अबदेखि स्त्री रोग तथा प्रसूति विभागमा गर्भावस्था, सुत्केरी अवस्था र स्त्री रोगसम्बन्धी आकस्मिक समस्यामा २४ घण्टा विशेषज्ञबाट सेवा उपलब्ध हुने भएको छ । यसअघि नियमित मातृत्व र स्त्री रोग उपचार हुँदै आएको भए पनि आकस्मिक सेवासहित विस्तार गरि छुट्टै भवनबाट सेवा सञ्चालनमा ल्याइएको हो ।
सो सेवाका लागि अस्पतालले ५ अत्याधुनिक अपरेसन थिएटर , २०० बेड क्षमताको वार्ड ,३० बेडको डिलक्स क्याबिन र गाइने आइसियु जस्ता पूर्वाधार विस्तार गरेको छ । अस्पतालका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकहरूको टोली निरन्तर उपस्थित रहने व्यवस्था मिलाइएको छ ।
अस्पतालमा २० भन्दा बढी स्त्री रोग तथा प्रसुति विशेषज्ञको टोलीले उपचार सेवा दिदै आएका छन ।
हस्पिटलले सुरु गरेको यो सेवाले सुरक्षित मातृत्व कार्यक्रमलाई थप सुदृढ गर्ने र मातृशिशु मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरिएको छ ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्लेले सोमबार उक्त सेवाको औपचारिक उद्घाटन गरेका हुन् ।
View : 159
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved