विराटनगर । विराटनगरमा एक जना भारतीय नागरिक सुतेकै ओछ्यानमा बिहीबार बिहान मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–५ सम्झना चोकस्थित गणेश शर्माको घरमा डेरा बस्ने भारत सिलिगुडीका ५० वर्षीय सपन दासको शव सुतेकै ओछ्यानमा फेला परेको हो । अघिल्लो साँझ खाना खाएर सुतेका दास भोलिपल्ट बिहान ७ बजेतिर बोलाउँदा नबोलेपछि हेर्दा मृत्यु भएको देखेर उनकै साथी गणेश राजवंशीले प्रहरीलाई जानकारी गराएका हुन् ।
घटनाको जानकारी पाउनसाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको इन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोली घटनास्थल पुगेको थियो । कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ ।
View : 105
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved