Biratnagar, Morang, Nepal
मनोरंजन

विराटनगर संगीत उत्सव

विराटनगरमा असोज ३१ गते ‘म्युजिकल धमाका’ – स्वर, पूर्ण राई र स्मृति ब्यान्डको सुपरस्टेज प्रस्तुति हुने

दीपावलीको रौनकमा रंगिन विराटनगर, जैन भवनमा हुँदै वर्षकै सबैभन्दा ठुलो म्युजिक फेस्टिभल
-
अखवारका कुरा
२४ असोज २०८२, शुक्रवार

Advertisement

विराटनगर,
दीपावलीको उल्लासलाई संगीतको जादूसँग मिसाउँदै लाइभ इन्टरटेन्मेन्टले विराटनगरमा भव्य ‘विराटनगर म्युजिक फेस्टिभल–२०८२’ आयोजना गर्न लागेको छ। असोज ३१ गते शुक्रबार साँझ विराटनगरस्थित जैन भवनको प्राङ्गणमा हुने यो फेस्टिभललाई प्रदेशकै सबैभन्दा ठूलो संगीत कार्यक्रमका रूपमा हेरिएको छ।

कार्यक्रमका संयोजक तथा व्यवस्थापक सन्तोष महत (स्यान्ट्रो) ले बिहीबार पत्रकार सम्मेलनमा बताएअनुसार,

“दीपावलीजस्तो महान चाडमा नयाँ पुस्तालाई मनोरञ्जन र सकारात्मक उर्जा प्रदान गर्ने उद्देश्यले यो फेस्टिभल आयोजना गरिएको हो,” उनको भनाइ थियो।

फेस्टिभलमा युवा पुस्तामाझ अत्यन्त लोकप्रिय ब्यान्ड ‘स्वर’ र चर्चित गायक पूर्ण राई का दमदार प्रस्तुति रहनेछन्। स्वर ब्यान्डले कार्यक्रममा रु. ५ लाख ५० हजार, जबकि पूर्ण राईले रु. ४ लाख ५० हजार शुल्क लिएका छन्।

संयोजक स्यान्ट्रोका अनुसार, सम्पूर्ण कार्यक्रम सम्पन्न गर्न रु. २० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। जैन भवनको प्राङ्गणमा ५ हजार दर्शक अटाउने क्षमता रहेको र सोही संख्यामा दर्शक सहभागी गराउने लक्ष्य लिइएको छ।

भिआइपी टिकटको मूल्य रु. १,००० र साधारण टिकट रु. ३०० तोकिएको छ। टिकट बिक्री तीव्र गतिमा भइरहेको र  ३१ गतेको साँझ विराटनगर आउँदै गरेको  दीपावलीको रौनक सङ्गै  संगीतमा झुम्ने वातावरण बन्ने आयोजकले विश्वास व्यक्त गरेको छ।

फेस्टिभलको अर्को विशेष आकर्षण कोशी प्रदेशको गौरव ‘स्मृति ब्यान्ड’ हो, जसले यस वर्ष आफ्नो २५औँ वार्षिकोत्सव मनाउँदै फेस्टिभलमै विशेष सम्मान ग्रहण गर्नेछ।

संयोजक स्यान्ट्रोले कार्यक्रमबाट बचेको रकम सामाजिक काममा खर्च गरिने जानकारी दिए। उनका अनुसार,

 “हामी केवल मनोरञ्जन होइन, समाजप्रति उत्तरदायी सन्देश पनि दिन चाहन्छौं।”


दीपावलीको पुर्व सन्ध्यामा हुन लागेको इभेन्टलाई  लाइट , रिदम र उमङ्गले भरिने यो ‘विराटनगर म्युजिक फेस्टिभल–२०८२’ ले कोशी प्रदेशको सांस्कृतिक दृश्यमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।

View : 887

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved