Biratnagar, Morang, Nepal
मनोरंजन

मिस्टर नेपाल

कोशीको सौन्दर्य र प्रतिभा उजागर गर्ने रोनक अग्रवाल पुनः मिस्टर नेपालको क्षेत्रीय निर्देशक

-
अखवारका कुरा
२६ असार २०८२, शुक्रवार

Advertisement

विराटनगर, असार २७।
अदम्य दृष्टिकोण र निरन्तर प्रयासको प्रतीक बनेका विराटनगरका फेसन योजनाकार रोनक अग्रवाल फेरि पनि मिस्टर नेपालको कोशी प्रदेशको क्षेत्रीय निर्देशक नियुक्त भएका छन्। यो भूमिकामा उनले पहिले नै कोशीलाई राष्ट्रिय स्तरमा चिनाइसकेका छन ।

२०२२ देखि २०२४ सम्मको उनको नेतृत्वमा कोशी प्रदेशले लगातार तीन पटक मिस्टर नेपालको उपाधि जित्यो — नुतन श्रेष्ठ (२०२२, बिराटचोक), समर्पण कार्की (२०२३, विराटनगर) र सन्तोष लोख्सुम (२०२४, झापा) ले प्रदेशको शान उच्च बनाएका थिए।

जहाँ धेरैले राजधानी रोज्छन्, अग्रवाल भने आफ्नो जन्मसहर विराटनगरमै रहेर पूर्वी नेपालको फेसन र पेजेन्ट संसारलाई भित्रैबाट परिवर्तन गर्दै आएका छन्। गएको एक  दशकमा उनले सयौँ युवालाई प्रशिक्षण दिए, १५० भन्दा बढी स्थानीय सौन्दर्य प्रतियोगिता र फेसन शोमा निर्णायक र प्रशिक्षक बने। २०२३ मा उनी कोहिमा, नागाल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकका रूपमा पुग्दा प्रदेशको फेसन क्षेत्र झन फैलिने अवसर प्राप्त गर्यो ।

“मेरो उद्देश्य आफ्नै सहरमा बसेर नै स्थानीय प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनु हो"- उनले भने। “कोशी र विराटनगरमा अपार सम्भावना छ, त्यसलाई दिशा र अवसर दिन मात्र बाँकी छ।”

पुनः नियुक्तिसँगै कोशी फेरि एकपटक नयाँ ताजको अपेक्षामा अघि बढेको छ, अग्रवालकै नेतृत्वमा।

मिस्टर नेपाल २०२५ को कोशी प्रदेश अडिसन असार २८ गते (जुलाई १२) बिहान ९ बजे इटहरीको सोल्टी वेस्टएन्ड होटलमा हुनेछ। इच्छुकहरूले अनलाइनमार्फत दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।

कोशीको यो यात्रा अझ चम्किलो बनाउँदै, रोनक अग्रवाल फेरि पनि  विराटनगरको माटोमा टेक्दै, प्रदेशको गौरव लिएर ताज जिताउने लयलाई अघि बढाउदै छन ।  

View : 566

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved