काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको हो ।
गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।
सरकारले उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घटेको, राजस्व संकलनमा असर परेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर पारेकाले बिजुली जोड्ने निर्णय गरेको थियो ।
View : 94
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved