विराटनगर। विराटनगरको पिपल चौकमा रहेको किङ्स मोटर कम्पनीले सेकेन्ड हेन्ड तर एक्सिडेन्ट रहित (Non-Accident) गाडीहरूको बिक्री तथा वितरण गर्दै आएको छ। कम्पनीले विभिन्न ब्रान्डका गाडीहरू ग्राहकले आफ्नै रोजाइअनुसार छानीछानी खरिद गर्न पाउने सुविधा उपलब्ध गराउँदै आएको छ।
“गाडी किन्न काठमाडौं नै जानुपर्छ” भन्ने पुरानो सोचलाई बदल्दै किङ्स मोटर कम्पनीले विराटनगरमै बसेर विश्वासिलो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। कोशी प्रदेशकै सबैभन्दा ठूलो रिकन्डिसन हाउसको रूपमा परिचित उक्त कम्पनीले विगत १६ वर्षदेखि निरन्तर रूपमा सेवा दिँदै आएको सञ्चालक रोशन गिरिले जानकारी दिए।
उनका अनुसार स्थापना कालदेखि हालसम्म कम्पनीले १,००० भन्दा बढी गाडी बिक्री गरिसकेको छ। प्रत्येक गाडीलाई एक्सिडेन्ट रहित भएको प्रमाणपत्रसहित ग्राहकलाई उपलब्ध गराइने व्यवस्था रहेको छ, जसले ग्राहकको विश्वास अझ मजबुत बनाएको छ।
किङ्स मोटर कम्पनीले बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिँदै आफ्नै अत्याधुनिक सर्भिस सेन्टरमार्फत नियमित मर्मत, सर्भिसिङ तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। साथै, सहज किस्ताबन्दी (Easy Finance) सुविधा समेत उपलब्ध गराइएको छ।
विश्वसनीयता, पारदर्शिता र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै किङ्स मोटर कम्पनीले कोशी प्रदेशको अटोमोबाइल बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
View : 151
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved