Biratnagar, Morang, Nepal
शिक्षा

यसकारण उत्कृष्ट छ, विराटनगरको सेन्टजोसेफ

-
अखवारका कुरा
५ जेठ २०८३, मङ्गलवार

Advertisement

विराटनगर ।विराटनगरमा अवस्थित सेन्टजोसेफ कलेज कोशी प्रदेशको एक उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा रहदै आएको छ । छोटो समयमा निरन्तर अगाडी बढिरहेको सेन्टजोसेफबाट पढाई सकेर गएका विद्यार्थीहरूले नेपालकै उत्कृष्ट शैक्षिक संस्थाहरूमा छात्रबृतीमा नाम निकाल्न समेत सफल भईसकेका छन् । अहिले उज्वल भविष्यका लागि ढुक्कभई सेन्टजोसेफमा अध्ययनका लागि आउने विद्यार्थीहरुको सङ्ख्या बढ्दै गईरहेको छ।

सेन्टजोसेफले २०५४ सालबाट कक्षा ११ र कक्षा १२ शुरु गरी २०७१ सालबाट होटल म्यानेजमेन्टको पठनपाठन शुरु गरेको हो । यसरी हेर्दा सेन्टजोसेफले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको प्रष्ट हुन्छ । पहिलो वर्ष ६ जना विद्यार्थीबाट होटल म्यानेजमेन्टको पढाइ शुरु गरेको सेन्टजोसेफमा अहिले विद्यार्थीहरूको चाप हुने गरेको छ । गुणस्तरिय शिक्षा र होटल म्यानेजमेन्ट सम्बन्धी सम्पुर्ण प्रयोगात्मक सिकाई आफ्नै भवनमा भएका कारण विद्यार्थीहरू आकर्षित हुने गरेका छन् ।


दक्ष तथा अनुभवी शिक्षकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सेन्टजोसफले विराटनगर–२ स्थित आफ्नै जग्गामा भएको पाँचतले भवनमा होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, विज्ञान र कम्प्युटर विज्ञानको पठनपाठन संचालन गरिरहेको छ । विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न हरेक बर्ष फुड फेस्टिवल, विभिन्न होटल तथा उद्योगिक भ्रमण गराउँदै आईरहेको छ ।

पढाइसँगै शारिरीक ब्यायम र विद्यार्थीहरूलाई स्फुर्त राख्नका लागि कलेजले आफ्नै भवनमा फुटवल, भलिवल, ब्यागमिन्टन, स्नुकर जस्ता खेलको राम्रो व्यवस्था गरेको छ । कलेजमा अत्याधुनिक तथा सुविधा सम्पन्न पुस्तकालय, प्रयोगशाला, सुविधा सम्पन्न कक्षाकोठा, छात्रबास र यातायातको राम्रो सुविधा रहेको छ ।

शतप्रतिशत नतिजा ल्याउन सफल सेन्ट जोसेफ २०७६ र ७८ सालमा होटल म्यानेजमेन्ट तर्फ कोशी प्रदेश प्रथम भएको थियो । निरन्तर प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिँदै आएको सेन्टजोसेफमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीले नेपालका ख्यातिप्राप्त होटल, रेष्टुरेन्टहरूमा काम गरिरहेका छन् । त्यसैगरी अन्य विषयहरुमा समेत सेन्ट जोसेफले शत प्रतिशत नतिजा ल्याउँदै आईरहेको छ । विद्यार्थीको क्षमताअभिबृद्धि गर्न कलेजले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । उत्कृष्ट रिजल्ट सँगसँगै कलेजले प्रयोगात्मक सिकाइमा विशेष जोड दिईरहेको छ ।

सेन्टजोसेफमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरूले देशका ठुला रेष्टुरेन्ट र होटलहरूमा काम गरिरहेका छन् । कलेजले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाईमा जोड दिईरहेको छ ।पठन पाठनका लागि चाहिने सम्पुर्ण सामग्रीहरू आफ्नै भवनमा भएका कारण प्रयोगात्मक रुपमा चाहिने सबै सामग्री विद्यार्थीलाई सहज रुपमा उपलब्ध हुने गरेकोे छ । ।

सेन्टजोसेफ दक्ष , योग्य, र क्ष्मतावान विद्यार्थी उत्पादनमा लागि परेको छ । होटल म्यानेजन्टका लागि सुबिधासम्पन्न प्रयोगशालाको समेत व्यवस्था गरिएको छ । स्नातकमा मात्र पढाई हुने बेकरी सम्बन्धि पढाई यहाँ प्लस टुमा पढाईने गरिएको छ। ४ वर्षको अवधिमा नै उत्कृष्ट नतिजा ल्याउन सफल सेन्टजोसेफले विद्यार्थीहरूलाई योग्य बनाएको छ। यहाँ अध्ययन गरेका विद्यार्थीहरू आफ्नो जिवन निर्वाह गर्न सक्ने योग्य बनेका छन् । विद्यार्थीहरूलाई सुपर फोट्टी कक्षा नियमित प्रयोगात्मक रुपमा गराउँदै आएको छ। त्यसैले सेन्ट जोसेफ अरुको तुलनामा फरक छ ।

View : 52

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved