Biratnagar, Morang, Nepal
साहित्य

कविता

कहाँ जाँदैछ मेरो देश....?

-
अखवारका कुरा
२१ जेठ २०८२, बुधवार

Advertisement

 

कहाँ जाँदै छ मेरो देश?
कहाँ जाँदै छ मेरो देश....?

सुन्दर शान्त हरियाली मेरो देश,
आज हिंसा र अशान्तिले थलिएको छ।
लालिगुराँस ढकमक्क फुल्ने मेरो देश,
आज कुलको विनाशले गलिएको छ।

डाँफे र मुनालको सुरिलो गीत गुन्जिने मेरो देश,
आज आफन्तको चित्कारले गुन्जिएको छ।
सगरमाथा र अन्नपूर्ण मुस्कुराउने मेरो देश,
आज देशको अवस्था देखेर दुनियाँ हाँसेको छ।

कहाँ जाँदै छ मेरो देश?
कहाँ जाँदै छ मेरो देश....?

नेपाल-आमा रुन्छिन् धर-धरी,
"के हुन्छ अब मेरो देश?" भनेर।
युवाहरू परदेशिंदै छन् हर घडी,
"यहाँ काम छैन अब" भनेर।

वीर गोर्खाली भनेर चिनिने मेरो देश,
आज भ्रष्टचारी र देशद्रोही कहलिएको छ।
के रहला अब मेरो देश?
आज देशको गरिमा बिकेको छ।

कहाँ जाँदै छ मेरो देश?
कहाँ जाँदै छ मेरो देश.....?

-अश्मा चालिसे खनाल 

View : 527

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved