Biratnagar, Morang, Nepal
राजनीति

विदेशमा रहेका नेपालीको मतदानबारे अध्ययन भइरहेको छ : प्रधानमन्त्री शाह

-
अखवारका कुरा
१७ जेठ २०८३, आइतवार

Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउने विषयमा सरकार अध्ययनरत रहेको बताएका छन् ।
आइतबार सांसद महाविर पुनले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले विदेशमा रहेका नेपालीका लागि मतदानका दुई विकल्प कूटनीतिक नियोग (एम्बेसी) मार्फत मतदान वा मोबाइल प्रविधिबाट मतदान सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।
उनका अनुसार मोबाइलबाट मतदान गर्दा बाह्य प्रभाव (इन्फ्लुएन्स) पर्न सक्ने जोखिम रहेकाले त्यसतर्फ विशेष सावधानी आवश्यक देखिएको छ ।
‘विदेशमा रहेका नेपालीहरूले मतदान गर्दा कसैको प्रभावमा नपरोस् भन्ने विषयले अल्झाएको जस्तो लाग्छ । स्वतन्त्र रूपमा मतदान गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्छ,’ प्रधानमन्त्री शाहले भने ।
उनले आगामी निर्वाचनमा कुन मोडेल उपयुक्त हुन्छ भन्नेबारे अध्ययन गरिने र आवश्यक व्यवस्था गर्न सूचना प्रविधि मन्त्रीलाई निर्देशन समेत दिएका छन् ।
उनले भने, ‘हामीले एम्बेसीमा या प्रविधिमैत्री बनाएर भोट दिने भनेर छलफल गरिरहेका छौं । आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्यन गर्ने नै छ । आइटीका मन्त्रीज्युलाई यो सम्बन्धी तुरुन्त व्यवस्थापन गर्न निर्देशन समेत दिन चाहन्छु ।’

View : 43

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved