जनकपुर । सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।
आइतबार जनकपुरधामको राममन्दिर प्राङ्गनमा तिलकोत्सव विधि सम्पन्न गर्नुका साथै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास र राम मन्दिरका महन्थ राम गीरिले सम्धी मिलन गरेका छन् ।
तिलकोत्सवका लागि जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवसहितको टोली राम मन्दिर पुगेका थिए । जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको परिसरमामा आएर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । तिलकोत्सवको अवसरमा दुवै पक्षबीच सांगीतिक रुपमा मैथिली परम्परा अनुसार एक अर्कालाई गाली गरेर जिस्काएका थिए ।
अब आज विवाहपञ्चमीको पाँचौँ दिन माता सीताको मटकोर विधि हुनेछ । भोली मंगलबार स्वयमबर र विवाह महोत्सव हुनेछ भने बुधबार अन्तिम दिन रामकलेवा गरेर अयोध्याबाट आएका बारातीहरुलाई विदा गरी महोत्सव सम्पन्न हुनेछ ।
View : 45
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved