Biratnagar, Morang, Nepal
शिक्षा

प्राविधिक शिक्षा

महानगर बहुप्राविधिक शिक्षालयमा भर्ना प्रक्रिया सुरु , २५ जना स्थानीयलाई पूर्ण छात्रवृत्तिको व्यवस्था

-
अखवारका कुरा
३० असार २०८२, सोमवार

Advertisement

 

 

विराटनगर — विराटनगर महानगरपालिका र CTEVT को साझेदारीमा सञ्चालित महानगर बहुप्राविधिक शिक्षालय, विराटनगरले प्राविधिक शिक्षाका लागि नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ। शिक्षालयले आगामी श्रावण ११ गतेसम्म फारम बुझाउन सकिने जनाएको छ। 

शिक्षालयले विराटनगरका स्थायी बासिन्दा २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ। विद्यार्थीहरुले सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र जियोम्याटिक्स इन्जिनियरिङ विषयमा तीन वर्षे डिप्लोमा कार्यक्रम अध्ययन गर्न सक्नेछन्। 

‘गुणस्तरीय प्राविधिक शिक्षा न्यूनतम मूल्यमा’ नाराका साथ सञ्चालनमा आएको शिक्षालयले अत्याधुनिक पूर्वाधार निर्माणको काम समेत अघि बढाइरहेको जनाएको छ। तीन वर्षे अध्ययनको कुल शुल्क १ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको प्रीन्सिपल परिवेश पराजुलीले जानकारी दिए। 

शिक्षालयले सीटीईभीटीको पाठ्यक्रम अनुसार गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको जनाएको छ।

View : 675

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved