अभिनयमा कतै पनि बनावटीपन देखिँदैन। पात्रहरूको अनुहार, आँखाको भाषा र उनीहरूको मौनताको माध्यमबाट भावनाहरू सहज रूपमा दर्शकसमक्ष पुग्छन्।
नेपालको राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित अभिनेता रमेश रञ्जन झा, जो यसका निर्माता पनि हुन, को विशेष उपस्थितिले चलचित्रलाई अतिरिक्त गरिमा र संवेदनात्मक गहिरोपन प्रदान गर्छ।
सीमित पर्दा–समयमा पनि उनको उपस्थिति दर्शकमाथि स्थायी प्रभाव छाड्छ। युवा निर्देशक नीलेश झाको सबैभन्दा ठूलो सफलता यो हो कि उनी कुनै पनि क्षण भावुकता वा उपदेशात्मकताको सहारा लिँदैनन्। उनी दर्शकलाई सोच्ने अवसर दिन्छन्। यही कारण हो, चलचित्र समाप्त भएपछि पनि यसका दृश्य र प्रतीकहरू धेरै समयसम्म मनमा बसिरहन्छन्। प्राविधिक पक्षमा सम्पादन, ध्वनि संयोजन र पाश्र्वसंगीत पनि कथाअनुरूप सन्तुलित र प्रभावकारी छन्।
उल्लेखनीय छ कि ‘द साइलेंट पायर’ को प्रदर्शन अहिलेसम्म कैयौँ महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र उत्सवहरूमा भइसकेको छ। यो उपलब्धि केवल एउटा चलचित्रको सफलता मात्र होइन, अपितु मैथिली भाषामे बनिरहेको गम्भीर र कलात्मक सिनेमाको बढ्दो वैश्विक पहिचानको संकेत पनि हो। समग्रमा ‘द साइलेंट पायर’ यस्तो लघुचलचित्र हो, जसले दर्शकलाई केवल कथा सुनाउँदैन, अपितु अन्तर्मनसम्म स्पर्श गर्छ। यो महिला जीवनको आन्तरिक पीडा, स्मृतिको बोझ र जीवनको अदम्य जिजीविषाको एक मर्मस्पर्शी सिनेमाई दस्तावेज हो। नीलेश झा आफ्नो यस कृतिको माध्यमबाट सिनेमा तब मात्र सबैभन्दा प्रभावशाली हुन्छ, जब यसले हल्ला होइन, अपितु मौनतको माध्यमबाट मानिसको संवेदनालाई अभिव्यक्त गर्छ भन्ने कुरा सिद्ध गरेका छन्। मैथिली सिनेमाको विकास–यात्रामा ‘द साइलेण्ट पायर’ निःसंदेह एक महत्त्वपूर्ण र स्मरणीय उपलब्धि हो।
(लेखक किसलय भारतका चर्चित चलचित्र समीक्षक र मैथिली तथा हिन्दी भाषाका प्रसिद्ध लेखक÷साहित्यकार हुन ।
View : 68
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved