प्राइम कमर्सियल बैंकको संस्थागत उत्तरदायित्व
प्राइम कमर्सियल बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत रतुवामाइ नगर पालिका वडा नम्बर १० मा रहेको हिमालय आधारभुत विधालय ,महेन्द्र मा वि वडा नम्बर ८ मा रहेको र सरस्वती माध्यमिक विधालय , पाथिभरा आधारभुत विधालय , वडा नम्वर ९ मा रहेको रत्नदिप आधारभुत विधालय र जनता मा वि रतुवामाइ लाई गरि जम्मा ६ वटा वाटर डिस्पेन्सर प्रदान गरेको छ ।
उक्त कार्यक्रम प्राइम कमर्सियल बैंक कोशी प्रदेश क्लस्टर १ प्रमुख ऋषिराम भट्टराईको सभापतित्व , रतुवामाइ नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भुल बहादुर कार्की आशिष् को प्रमुख आतिथ्य तथा रिलेशनसिप म्यानेजर रुपक राज सुवेदी लगायतको सहभागितामा सम्पन्न भएको बैंकका सोमवारे शाखाका प्रबन्धक प्रकाश कुमार राजवशीले जानकारी दिए ।
बैंकका कोशी प्रदेश क्लस्टर १ का प्रमुख ऋषिराम भट्टराईका अनुसार बैंकले बिभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्ने गरेको र केही समय अघि बुढिगङ्गा गाउँ पालिकाको एक विधालयमा अध्ययनरत विधार्थीका लागि न्यानो कपडा वितरण गरिएको थियो भने यस पटक विभिन्न विधालयमा वाटर डिस्पेन्सर प्रदान गरिएको हो ।
View : 498
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved