आग्रह गर्दै आएको छ ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले पनि ओभरपास निर्माणको आवश्यकता भए पनि काम सुरु गर्ने समय र निर्माणको गतिका कारण व्यवसायी समस्यामा परेको बताए ।
उनका अनुसार बिर्तामोडको मुक्तिचोकमा रहेको शहीद स्तम्भसमेत करिब छ महिनाअघि नै हटाएर निर्माण सुरु गर्ने तयारी गरिएको थियो। तर निर्माण प्रक्रिया अघि बढ्न समय लाग्दा व्यवसायीले अपेक्षित रूपमा व्यवसाय सञ्चालन गर्न नसकेको उनको भनाइ छ।
काँकडभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक स्तरोन्नतिसँगै विभिन्न स्थानमा ओभरपास निर्माण भइरहेको छ । बिर्तामोडको मुक्तिचोकमा बन्ने ओभरपासले व्यस्त बजार क्षेत्रको सवारी चाप व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजनाको समग्र काम भने विभिन्न कारणले अपेक्षित गतिमा अघि बढ्न नसकेको आयोजना पक्षले जनाएको छ । सडक निर्माणसँगै विद्युतका पोल तथा अन्य संरचना व्यवस्थापन, जग्गा तथा संरचना सम्बन्धी विषय र शहरी क्षेत्रमा निर्माण गर्दा उत्पन्न हुने प्राविधिक तथा व्यवस्थापकीय चुनौतीले पनि काममा प्रभाव पारेको जनाइएको छ ।
यसअघि नै निर्माणका लागि आवश्यक तयारी थालिए पनि मुख्य संरचनाको काम ढिलो गरी सुरु हुँदा अहिले निर्माण कम्पनीमाथि समयभित्र काम सम्पन्न गर्ने दबाब बढेको छ। त्यसमाथि पछिल्ला दिनमा परेको वर्षाले निर्माणस्थलमा थप समस्या सिर्जना गरेको छ।
वर्षाका कारण सडकमा पानी जम्ने र हिलो हुने समस्या बढेको छ। निर्माणस्थलमा सवारी साधनको गति तथा आवागमनको बाटो परिवर्तन गर्नुपर्दा व्यस्त समयमा ट्राफिक व्यवस्थापन झनै चुनौतीपूर्ण बनेको स्थानीयको भनाइ छ।
स्थानीयवासीले निर्माण कार्यलाई अवरोध गर्नेभन्दा पनि निर्माणको गति बढाएर निर्धारित समयमै सम्पन्न गर्नुपर्ने माग गरेका छन्। निर्माणस्थलमा अस्थायी सडक, पर्याप्त ट्राफिक संकेत, पैदलयात्रुका लागि सुरक्षित मार्ग तथा पानी निकासको उचित व्यवस्था गर्नसमेत उनीहरूले आग्रह गरेका छन्।
आयोजना पक्षले भने निर्माणको गति बढाउँदै स्थानीयवासीले उठाएका समस्यालाई समेत सम्बोधन गर्ने जनाएको छ । आयोजना प्रमुख पन्तले निर्माण कम्पनीले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसके सम्झौताअनुसार आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारे ।
स्थानीयवासी, व्यवसायी र नगरपालिकाले पनि निर्माण कार्य छिटो सम्पन्न भएमा हाल देखिएको असहजता हटाएर अघि बढ्न आग्रह गरेका छन्।
बिर्तामोडको मुक्तिचोकबाट ओभरपासको निम्ति ३०० मिटर पूर्व र ३९० मिटर जति पश्चिममा बन्ने आयोजनाका प्रमुख पन्तले बताए।
२१÷२१ मिटरको दुई लेनको सडकको ओभरपास र एक मिटर बीचमा खाली रहने गरी काम भइरहेको पन्तले बताए ।
View : 3
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved