Biratnagar, Morang, Nepal
शिक्षा

इन्जिनियर बन्ने सपना देख्नेलाई अवसर, इस्टर्न कलेज अफ इन्जिनियरिङमा स्नातक तहको भर्ना खुला

-
अखवारका कुरा
१२ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । पूर्वी नेपालमा इन्जिनियरिङ शिक्षाको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय इस्टर्न कलेज अफ इन्जिनियरिङले शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तहका विभिन्न कार्यक्रमहरूमा भर्ना खुला गरेको छ। 

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त तथा नेपाल इन्जिनियरिङ परिषद् (एनईसी)बाट स्थायी मान्यता प्राप्त कलेजले सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ कार्यक्रमका लागि आवेदन आह्वान गरेको हो।

सन् २००० मा स्थापना भएको कलेजले २६ वर्षदेखि इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ। बदलिँदो प्रविधि र श्रमबजारको आवश्यकतालाई ध्यानमा राख्दै अध्ययनलाई व्यवहारिक, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाइएको कलेजले जनाएको छ।

कलेजका प्रिन्सिपल इ. अमित सुरानाका अनुसार इन्जिनियरिङ शिक्षाको उद्देश्य डिग्री प्रदान गर्नु मात्र नभई समस्या समाधान गर्न सक्ने, अनुसन्धानमा रुचि राख्ने र उद्योगले खोज्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो। त्यसका लागि कक्षाकोठाको अध्ययनसँगै प्रयोगशालामा आधारित अभ्यास, उद्योगमा प्रयोग हुने सफ्टवेयरको प्रशिक्षण, डिजाइन प्रोजेक्ट, प्राविधिक कार्यशाला, सेमिनार तथा औद्योगिक भ्रमणलाई नियमित शैक्षिक गतिविधिका रूपमा समेटिएको उनले बताए।

उनका अनुसार विद्यार्थीलाई अध्ययन अवधिमै व्यावसायिक वातावरणसँग परिचित गराउने उद्देश्यले विभिन्न उद्योग, परामर्शदाता संस्था तथा व्यावसायिक निकायसँग सहकार्यसमेत हुँदै आएको छ। यसले विद्यार्थीको प्राविधिक दक्षतासँगै व्यावसायिक आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको उनको भनाइ छ।

कलेजमा आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक, डिजिटल पुस्तकालय, सूचना–प्रविधिमा आधारित शिक्षण प्रणाली तथा ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणाली लागू गरिएको छ। नेतृत्व विकास, अनुसन्धान, नवप्रवर्तन तथा अतिरिक्त क्रियाकलापलाई पनि शैक्षिक प्रक्रियाको अभिन्न अंग बनाइएको कलेजले जनाएको छ।

कलेजका अनुसार यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपालका सरकारी तथा निजी संस्थाका साथै विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत छन्। 
केही स्नातकहरूले आफ्नै इन्जिनियरिङ परामर्श, निर्माण तथा प्रविधिमा आधारित उद्यम सञ्चालन गरिरहेका छन्।
प्रविधिको तीव्र विकाससँगै दक्ष इन्जिनियरको माग बढिरहेका बेला गुणस्तरीय र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै अघि बढेको इस्टर्न कलेज अफ इन्जिनियरिङले यस वर्ष पनि योग्य र प्रतिस्पर्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित भर्ना प्रक्रिया सुरु गरेको जनाएको छ।

 इच्छुक विद्यार्थीले निर्धारित योग्यता पूरा गरी प्रवेश परीक्षामा सहभागी हुन सक्ने कलेजले जनाएको छ।

View : 136

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved