Biratnagar, Morang, Nepal
खेलकुद

विराट गोल्डकप

सम्राटको ऐतिहासिक डेब्यु, बिरसा मुन्डासँग आज भिडन्त

-
अखवारका कुरा
१ वैशाख २०८३, मङ्गलवार

Advertisement

३८औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार सम्राट स्पोर्टिङ क्लब विराटनगर र भारत झारखण्डको बिरसा मुन्डा स्पोर्ट्स एकेडेमीबीच प्रतिस्पर्धा हुँदैछ ।
जिल्ला लिग विजेताका रूपमा पहिलोपटक गोल्डकपमा प्रवेश गरेको सम्राट स्पोर्टिङले डेब्यु खेलमै विदेशी टोलीसँग भिड्न लागेको हो । २०५४ सालमा स्थापना भएको सम्राट पछिल्लो आठ संस्करणदेखि जिल्ला फुटबलमा वर्चस्व कायम गर्दै आएको टोली हो । कोमल खवास को कप्तानीमा रहेको टोलीबाट घरेलु मैदानमा बलियो चुनौती प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
खेल सहिद रंगशाला मा साँझ ६ बजे सुरु हुनेछ । आयोजकका अनुसार जिल्ला लिग विजेता क्लबलाई समावेश गर्ने निर्णयसँगै यसपटक पहिलोपटक स्थानीय टोलीले गोल्डकपमा अवसर पाएको हो ।
सन् २००९ मा स्थापना भएको बिरसा मुन्डा स्पोर्ट्स एकेडेमीले भारतीय क्लबहरूको निरन्तर सहभागितालाई यसपटक पनि निरन्तरता दिएको छ ।
यसअघि सोमबार सम्पन्न खेलमा नेपाल पुलिस क्लब ले मछिन्द्र फुटबल क्लब लाई सडन डेथमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
घरेलु समर्थकको साथ र पहिलो सहभागिताको उत्साह बोकेको सम्राटका लागि आजको खेल अवसर र परीक्षा दुवै हुने देखिएको छ । 

View : 63

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved