काठमाडौं । आज सोमबारे औँसी । औँसी तिथि र सोमबार एकै दिन परेका कारण यस दिनलाई सनातन धर्मावलम्बीले विशेष धार्मिक महत्त्वका साथ मनाउने गरिन्छ । धार्मिक ग्रन्थहरूमा यस्तो संयोगलाई मौनी औँसी समेत भनिने गरिन्छ ।
वैदिक परम्पराअनुसार औँसीलाई पितृहरूको पर्वका रूपमा लिने गरिन्छ । यस दिन आफ्ना दिवंगत पितृहरूको सम्झनामा तर्पण, श्राद्ध तथा दानपुण्य गर्ने चलन रहेको छ ।
धार्मिक विश्वासअनुसार यस दिन गरिने पितृकर्मले पितृहरू सन्तुष्ट हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने मान्यता छ ।
View : 19
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved