Biratnagar, Morang, Nepal
अर्थ

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

-
अखवारका कुरा
८ असार २०८३, सोमवार

Advertisement

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक चिप–लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ।

बिग्रिएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्ड तथा अन्य डिजिटल उपकरणलाई न्यून लागतमा पुनः सञ्चालनयोग्य बनाउने लक्ष्यसहित सेवा केन्द्रको उद्घाटन गरिएको हो।

पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा सञ्चालित उक्त सेवा केन्द्रले मोबाइल रिपेयरिङ, आईफोन तथा एन्ड्रोइड सफ्टवेयर समाधान, म्याकबुक तथा ल्यापटप मर्मत, मदरबोर्ड तथा चिप(लेभल रिपेयरिङ, विन्डोज सपोर्ट, एडोब तथा अफिस प्याकेज इन्स्टलेसन लगायतका अत्याधुनिक प्राविधिक सेवा उपलब्ध गराउने जनाएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि सीटीईभीटीका उपाध्यक्ष तथा नेपाल औषधि लिमिटेडका निवर्तमान महाप्रबन्धक डा.मोहम्मद सफीउल्लाहले नेपालमा पहिलोपटक भित्रिएको यस्तो प्रविधिले उपभोक्तालाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।

उनले लाखौं रुपैयाँ मूल्यका उपकरण सामान्य खराबीका कारण फाल्नुपर्ने अवस्था अन्त्य गर्दै अब हजारौं रुपैयाँमै मर्मत गरेर पुनः प्रयोग गर्न सकिने बताए।

उनले भने, ‘नेपालजस्तो विकासोन्मुख र कम आय भएको मुलुकका लागि यस्तो प्रविधि अत्यन्त उपयोगी छ। यसले नागरिकको खर्च बचत मात्र गर्दैन, डिजिटल उपकरणको आयु पनि बढाउँछ। सबैले एकपटक सेवा लिएर यसको गुणस्तर अनुभव गर्न आवश्यक छ।’

 

कार्यक्रमका विशेष अतिथि तथा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) का कार्यवाहक अध्यक्ष एवं साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले नेपालमै पहिलोपटक यस्तो स्तरको रिपेयरिङ प्रविधि भित्रिनु सूचना प्रविधि क्षेत्रका लागि सकारात्मक उपलब्धि भएको बताए। 

उनका अनुसार सूचना प्रविधिको तीव्र विकाससँगै उच्च मूल्यका डिजिटल उपकरणको प्रयोग बढिरहेको छ। 

सेवा केन्द्रका सञ्चालक गणेश शर्माले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको ‘रिपेरी एक्स फ्रेंनचाइजी ’ भित्र्याएर सेवा सुरु गरिएको जानकारी दिए।

‘हामी बोलेर होइन, काम गरेर विश्वास जित्न चाहन्छौं,’ उनले भने, ‘लामो समयदेखि बिग्रिएर थन्किएका मोबाइल, ल्यापटप वा अन्य डिजिटल उपकरणलाई सस्तो मूल्यमा पुनः सञ्चालनयोग्य बनाएर ग्राहकलाई नयाँ अनुभव दिने हाम्रो उद्देश्य हो।’

दक्ष प्राविधिक टोली, आधुनिक उपकरण, पारदर्शी सेवा प्रणाली तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सञ्चालनमा आएको एन आइ ल्यापटप सर्भिस सेन्टरले काठमाडौं उपत्यकामा डिजिटल मर्मत सेवाको क्षेत्रमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रविधिको बढ्दो प्रयोगसँगै गुणस्तरीय, भरपर्दो र किफायती मर्मत सेवाको आवश्यकता बढिरहेका बेला पाकोस्थित एन आइ ल्यापटप सर्भिस सेन्टर उपभोक्ताका लागि नयाँ र विश्वासिलो गन्तव्यका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ।

View : 4

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved