Biratnagar, Morang, Nepal
राजनीति

ओलीको फोटो दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भन्दै भ्रम फैलाइएकोमा एमालेको आपत्ति

-
अखवारका कुरा
२८ जेठ २०८३, बिहिवार

Advertisement

काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा बरालले एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ओलीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भनेर भ्रम फैलाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

उनले भनिन्,‘पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीज्यूको फोटो दुरुपयोग गरेर उहाँलाई रास्वपाको सदस्यता लिएको भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । यसमा सरकार र सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउन चाहान्छु ।’

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved