Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लायन्सको सेवा

दुहबी बाल आश्रमका बालबालिकालाई लायन्स क्लब अफ बिराटनगर युथ र मोरङ फ्युचर लिडर्सद्वारा फ्रिज हस्तान्तरण

-
अखवारका कुरा
२८ साउन २०८२, बुधवार

Advertisement

विराटनगर — लायन्स क्लब अफ बिराटनगर युथ र मोरङ फ्युचर लिडर्सले सुन्सरीको दुहबीस्थित बाल आश्रमका अनाथ बालबालिकाका लागि खाद्य वितरण गर्दै एउटा फ्रिज हस्तान्तरण गरेका छन्।

गर्मीमा खाना र पानी सुरक्षित राख्न नसक्दा आश्रमका बालबालिकाले भोग्दै आएका कठिनाइलाई मध्यनजर गर्दै फ्रिज हस्तान्तरण गरिएको हो। कार्यक्रममा लायन्स सदस्यहरूले आफ्नै हातले रातिको खाना पकाई बालबालिकालाई  भोजन गराएका थिए ।

"यी निर्दोष बालबालिकाको मुस्कानले हाम्रो मन छोयो। उनीहरूको जीवनमा सानो सहजता ल्याउने उद्देश्यले फ्रिज दिने निर्णय गर्यौं," युथका अध्यक्ष शिव शंकर मण्डलले वताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय संयोजक विनोद बास्तोला, लियो लायन मुकेश पौडेल लगायतका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो।

फ्युचर लिडर्सका अध्यक्ष मुकेश पौडेलका अनुसार, लायन्सको मूल मन्त्र "जहाँ आवश्यकता, त्यहाँ लायन " अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरू जारी रहनेछन्।

View : 203

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved