Biratnagar, Morang, Nepal
बिदेश

३२औं विश्व प्रेस स्वतन्त्रता दिवस

३२औं विश्व प्रेस स्वतन्त्रता दिवस आज, युनेस्कोको नारा : टाइम टु पुट एआई अन द सोसल एजेन्डा’

सन् १९९१ मा नामिबियाको विन्डहक शहरमा आयोजित अफ्रिकी पत्रकारहरूको सम्मेलनबाट जारी गरिएको घोषणापत्रको स्मरणमा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन थालिएको हो।
-
अखवारका कुरा
२० वैशाख २०८२, शनिवार

Advertisement

विराटनगर।
आज ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभर विविध कार्यक्रममार्फत् मनाइँदैछ। प्रत्येक वर्ष मे ३ तारिखका दिन यो दिवस मनाउने गरिन्छ, जुन प्रेस स्वतन्त्रता र पत्रकारिताको मूल्य र मान्यताको सम्मानस्वरूप समर्पित छ।

सन् १९९१ मा नामिबियाको विन्डहक शहरमा आयोजित अफ्रिकी पत्रकारहरूको सम्मेलनबाट जारी गरिएको घोषणापत्रको स्मरणमा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन थालिएको हो।

यस वर्ष युनेस्कोले विश्व प्रेस स्वतन्त्रता दिवसका लागि ‘Time to put AI on the Social Agenda’ भन्ने नारा तय गरेको छ। यसको अर्थ कृत्रिम बौद्धिकता (Artificial Intelligence - AI) लाई सामाजिक एजेन्डाका रूपमा राख्ने समय आएको भन्नेमा जोड दिइएको छ।

यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रताको रक्षामा सञ्चार माध्यमहरू निर्भीक रूपमा लागिरहुनुपर्नेमा जोड दिनु भएको छ। सामाजिक सञ्जालको दुरुपयोगबाट फैलिन सक्ने मिथ्या र भ्रामक सूचनाहरूले नागरिकलाई दिशाहीन बनाउन सक्ने र लोकतान्त्रिक प्रणालीलाई कमजोर तुल्याउने खतरा रहेको राष्ट्रपति पौडेलको भनाइ छ।

दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम, छलफल तथा र्‍याली आयोजना हुँदैछन्। पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रता सुरक्षित गर्न तथा प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति हुनुपर्ने माग गरेका छन्।

View : 47

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved