Biratnagar, Morang, Nepal
देश

इन्जिनियरमाथि गोली प्रहार घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग

-
अखवारका कुरा
५ फागुन २०८२, मङ्गलवार

Advertisement

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनले सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर सरकाको ध्यानाकर्षण गराएको छ ।
मंगलबार एशोसिएसनले गृह मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् । एशोसिएसनले अपराधमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न समेत माग गरेको छ ।
घटना घटेको दुई दिनसम्म पनि अपराधीलाई कानुनी कठघरामा ल्याउन नसक्दा दुःख लागेको भन्दै एशोसिएसनले इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
कार्यस्थलमा हुने यस्ता साङ्घातिक आक्रमणले कर्मचारीको मनोबल गिर्ने भएकाले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्न एशोसिएसनले जोड दिएको छ ।

View : 24

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved