खेती, प्रविधि विकास, गुणस्तर, मापदण्ड र निर्यात प्रक्रियामा व्यवसायीलाई सहजीकरण गर्नुपर्दछ । यसका लागि विश्वसनीय तथ्याङ्क र सूचना प्रणाली पनि उत्तिकै जरुरी छ । देशभरका पुष्प व्यवसायी, उत्पादन क्षेत्र र बजारसम्बन्धी तथ्याङ्कलाई डिजिटल प्रणालीमा व्यवस्थित गर्न फ्यान र सम्बद्ध निकायले अग्रसरता लिन जरुरी छ,’ उनले भनिन् ।
मन्त्री आले मगरले पुष्प व्यवसायमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि, महिला तथा युवा उद्यमीलाई प्राथमिकता, सहुलियतपूर्ण ऋण र पुष्प बालीको बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइन् ।
‘बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन, पुष्प उत्पादन र व्यवसायलाई कृषि क्षेत्रअन्तर्गतका सेवा, सुविधा तथा प्रोत्साहनमा समेट्न र पुष्प बालीको बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको छ,’ उनले भनिन् ।
प्राकृतिक विपद्बाट हुने क्षतिमा व्यवसायीलाई राहत दिने नीतिगत व्यवस्था गर्न संघीय सरकारसँग आग्रह गर्दै उनले पुष्प व्यवसायको विकासका लागि बागमती प्रदेश सरकार व्यवसायीसँग सहकार्य गर्न तयार रहेको बताइन् ।
View : 62
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved