Biratnagar, Morang, Nepal
+977-9708590006
खेलकुद

पलेशाको विमानस्थलमा भव्य स्वागत

१९ भदौ २०८१, बुधवार

Advertisement

काठमाडौँ । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् ।

पलेशालाई बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेसाको स्वागतमा राष्ट्रिय खेलकुद परिषद्का विशिष्ट पदाधिकारीहरू विमानस्थल पुगेका थिए ।


विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइँदै छ । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याएर स्वागत गरिने राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ ।

View : 226

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved