काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले घरेलु तथा साना उद्योगहरू नै मुलुकको आर्थिक विकासका आधारस्तम्भ रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सचिव निरौलाले साना–साना उद्योग र व्यवसायको समष्टिगत योगदानले नै ठूला उद्योग तथा समग्र अर्थतन्त्रलाई बलियो बनाउने धारणा राखे ।
उनले भने, ‘मुलुकको कुनाकाप्चादेखि लिएर थोपा थोपा मिलेर समुद्र बन्छ भनिन्छ । त्यस्तै घरेलु तथा साना उद्योगहरु साना साना व्यवसायहरु नै मिलेर ठूला व्यवसायको आधार स्तम्भ खडा गर्छ । त्यसैले घरेलु तथा साना उद्योग प्राथमिकतामा राखिनुपर्छ ।’
उनले घरेलु तथा साना उद्योगको अभिलेख व्यवस्थापनमा अझै सुधार आवश्यक रहेको उल्लेख गर्दै प्रक्रिया नपुगी दर्ता भएका, वर्षौँदेखि नवीकरण नगरिएका तथा दर्ता भएपनि सञ्चालनमा नआएका उद्योगहरूको संख्या उल्लेख्य रहेको बताए । यस्ता उद्योगसम्बन्धी तथ्यांक महासंघसँग व्यवस्थित रूपमा हुनुपर्ने उनको भनाइ थियो ।
सचिव निरौलाले घरेलु तथा साना उद्योग क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यसको प्रभावकारी विकासका लागि नीति, कानुन तथा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।
उनले यस क्षेत्रमा संस्थागत अस्पष्टता पनि देखिएको भन्दै त्यसलाई स्पष्ट र व्यवस्थित बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यक
View : 25
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved