तह तथा सम्बन्धित निकायले सम्भावित अभावको पूर्वतयारी गर्नु आवश्यक देखिन्छ।
स्थानीय उत्पादन बढाउनेदेखि खाद्य सुरक्षा सुनिश्चित गर्नेसम्म
उपल्लो डोल्पामा खाद्य सुरक्षाको समस्या समाधान गर्न तत्कालीन खाद्यान्न आपूर्तिसँगै दीर्घकालीन योजनाको आवश्यकता रहेको स्थानीयको भनाइ छ । स्थानीय हावापानीमा अनुकूल हुने बालीको संरक्षण, उवा उत्पादनमा सुधार, परम्परागत बीउको जगेर्ना र उत्पादित अन्न सुरक्षित भण्डारण गर्ने व्यवस्था यसका महत्वपूर्ण पक्ष रहेको जानकारहरु बताउँछन् ।
त्यसैगरी, खाद्यान्नको नियमित आपूर्ति, ढुवानीको सहजता र आवश्यक परेको समयमा राहत तथा सहुलियतपूर्ण खाद्यान्न उपलब्ध गराउने व्यवस्था पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन्छ । स्थानीय उत्पादनले नपुग्ने परिवारको पहिचान गरी खाद्यान्न आपूर्तिको योजना बनाउन स्थानीयको सुझाव छ ।
अहिले उपल्लो डोल्पाका किसान उवा भित्र्याउन पनि व्यस्त छन्। उनीहरूका लागि यो वर्षको मेहनतको प्रतिफल घरमा भित्र्याउने समय हो। तर, खेतबाट अन्न भित्रिएसँगै वर्षभरि खाद्यान्नको चिन्ता अन्त्य हुन्छ भन्ने अवस्था छैन।
वर्षमा एकपटक मात्र हुने उत्पादन र बाह्य आपूर्तिमा देखिने कठिनाइका बीच उपल्लो डोल्पाका बासिन्दाको खाद्य सुरक्षा सुनिश्चित गर्नु राज्य र स्थानीय सरकारका लागि महत्वपूर्ण चुनौती बनेको छ। हिउँले ढाकिएको अवस्थामा अहिले उपल्लो डोल्पा र
हेको छ ।
View : 45
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved