Biratnagar, Morang, Nepal
मनोरंजन

फ्रेसर पार्टी

सेन्ट जोसेफमा नयाँ उमंग, नयाँ जोश - मिस्टर र मिस फ्रेसरसहित भव्य पुल पार्टी सम्पन्न

-
अखवारका कुरा
११ साउन २०८२, आइतवार

Advertisement

विराटनगर–२ मा रहेको सेन्ट जोसेफ स्कुलले नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गर्दै सात दिने फ्रेसर तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूलाई सामाजिक सञ्जालको अत्याधिक प्रयोगले पार्ने दुष्प्रभाव, स्कुलको आचारसंहिता तथा अनुसासन सम्बन्धी नियमबारे विषय विशेषज्ञहरूले जानकारी गराएका थिए । 

साप्ताव्यापी कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई वर्षभरि पठनपाठनमा मार्गदर्शन गर्ने विषय शिक्षकहरुसँग परिचयात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रमको अन्तिम दिन फ्रेसर पुल पार्टी आयोजना गरिएको थियो । 

 


मिस्टर फ्रेसर र मिस फ्रेसर प्रतियोगितामा नदिम खान र रानी मण्डल विजेता घोषित भए । त्यस्तै, मिस चार्मिङतर्फ सन्जना मगर, मिस्टर चार्मिङमा आशिष खड्का, मिस कन्फिडेन्टमा पोसना भारती र मिस्टर कन्फिडेन्टमा चन्दन साह विजयी भए । प्रतियोगिताको निर्णायक मण्डलमा युवा अभियान्ता तथा ओवी मिडियाका निर्देशक विवेक दाहाल र युवा व्यावसायी प्रतिक पौडेल रहेका थिए ।

 

विजेताहरुलाई स्कुलका सञ्चालक आशिष सिटौला, प्लस टु निर्देशक रोहितजंग थपलिया लगायत निर्णयक मण्डलले ताज र पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा स्कुलका डीजे एके र ‘द शिर्ष ब्यान्ड’ को लाईभ म्युजिक , नृत्य , रमाइला खेल, पूल साइड डान्स, परिकार र मोक्तेल स्टलहरू, तथा बार्बेक्युको व्यवस्था गरिएको थियो । स्कुलमा नयाँ शैक्षिक सत्रमा व्यवस्थापन, होटल म्यानेजमेन्ट, साइन्स र कम्प्युटर साइन्स संकायमा गरी करिब ३ सय विद्यार्थी भर्ना भएको थपलियाले बताएका छन् । 

गुणस्तरिय शिक्षासंगै सेन्ट जोसेफले विद्यार्थीहरुका लागि फरक कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

View : 70

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved