ट्राभल मार्ट २०२५
काठमाडौं — नेपाल पर्यटन बोर्ड र पाटा–नेपाल च्याप्टरको सहकार्यमा ‘हिमालयन ट्राभल मार्ट (HTM)–२०२५’ को पाँचौं संस्करण २० जेठदेखि २२ जेठसम्म काठमाडौंमा आयोजना हुने भएको छ।
नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला मानिने एचटीएममा यस वर्ष ३० भन्दा बढी देशका करिब ७ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ। सहभागीमध्ये १ सयभन्दा बढी अन्तर्राष्ट्रिय पाहुनाहरू रहने जनाइएको छ।
मार्टमा पर्यटन व्यवसायी, ट्राभल ब्लगर, अन्तर्राष्ट्रिय मिडिया, विज्ञ वक्ता, ट्राभल प्रोफेसनल तथा सरकारी र निजी क्षेत्रका सरोकारवाला सहभागी हुनेछन्।
पाटा–नेपाल च्याप्टरको ५० औं वार्षिकोत्सव र अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षको अवसरमा आयोजना हुन लागेको यो मेला नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय नेटवर्क विस्तार, र व्यवसायिक अवसर सृजना गर्ने लक्ष्यसहित आयोजना गरिँदैछ।
सन् २०१७ देखि नियमित रूपमा हुँदै आएको एचटीएमले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन नक्शामा थप उजागर गर्दै आएको छ। आयोजकले यस संस्करणलाई अझ भव्य र प्रभावकारी बनाउने तयारी गरेको छ।
View : 511
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved