हेरिटेज होटल
सपना देख्न हामी सबैलाई सजिलो लाग्छ। तर, त्यसलाई साकार पार्न आँट, समर्पण र दृष्टिकोण चाहिन्छ। यही आत्मविश्वासका साथ जापानमा दुई दशकभन्दा बढी समय बिताएका धादिङका एनआरएन कृष्ण सिम्खडाले आफ्नो मातृभूमिमा नेपाली कला, संस्कृति र आतिथ्यतालाई जीवन्त राख्ने उद्देश्यले ठमेलको नरसिंह चोकमा ‘आर्या होटल एन्ड स्पा’ स्थापना गरेका छन्।
करिब २ अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो हेरिटेज होटल केवल एउटा भवनमात्र होइन, यो त नेपाली पहिचानको गौरवशाली गहना हो। भक्तपुरका तेलिया इँटा, मयूर झ्याल, फाल्चा, काष्ठकलाका दराज र ऐनाका फ्रेमजस्ता कलाकृतिहरूले यहाँ आउने हरेक पाहुनालाई नेपाली मौलिकतासँग जोड्न मद्दत पुर्याउँछ।
आर्या होटलका ७२ कोठामध्ये ४१ डिलक्स कोठा परम्परागत शैली र आधुनिक सुविधाहरूको उत्कृष्ट संयोजन हो। नेपाली वास्तुकलाको सुन्दरता र अन्तर्राष्ट्रिय स्तरको सेवा–सुविधाले हरेक पाहुनालाई मनमोहक अनुभव दिन्छ।
यहाँको विशेष आकर्षण भनेकै १२औं तलामा रहेको ‘सोरा’ रेस्टुरेन्ट र ‘स्काई लाइन सोरा’ हो। स्काई वाक गर्दै काठमाडौँको मनोरम दृश्यलाई नियाल्दै डिनरको मजा लिनु, के यो कल्पना तपाईंको मनमा कहिल्यै आएको थियो? अब त्यो सपना यहाँ वास्तविकतामा परिणत भएको छ।
कृष्ण सिम्खडाले निर्माण गरेको यो भव्य संरचना केबल होटल मात्र होइन, यो त सपना देख्न र त्यसलाई साकार पार्न साहस गर्ने हरूका लागि प्रेरणाको स्रोत हो।
View : 645
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved