Biratnagar, Morang, Nepal
+977-9708590006
स्वास्थ

न्युरो सर्जरीका बिरामीको रोजाइमा पर्दै मोरङ सहकारी अस्पताल

-
अखवारका कुरा
१९ मंसिर २०८१, बुधवार

Advertisement

 

विराटनगर । विराटनगर २ सोमबारे हाट शंकरपुरस्थित मोरङ सहकारी अस्पताल सर्जरीको उपचारका लागि बिरामीको रोजाइमा पर्न थालेको छ । 


अत्याधुनिक उपकरण र चर्चित न्यूरो सर्जन  चिकित्सक सहितको टिम तथा सस्तो र सर्वसुलभ शुल्कका कारण मोरङ सहकारीमा न्यूरो सर्जरीको उपचारका लागि कोशी तथा मधेश प्रदेश समेतका बिरामीको बिश्वास जित्न सफल भएको हो । 


अस्पतालका न्यूरो सर्जन डाक्टर सिलकराम चौधरी र डाक्टर सतिश  कुमार शाह लगायतक्क टिमले न्यूरो सर्जरी सेवा विरामीलाई दिने गरेका छन् ।

अनुभवी चिकित्सकद्वय चौधरी र शाहले अस्पतालको आधुनिक उपकरणहरुबाट विरामीलाई सेवा प्रदान गर्दै आएका छन् । 

नेपाल सरकार द्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रम ,  आमा सुरक्षा कार्यक्रम  , सामाजिक सुरक्षा कार्यक्रम समेत  मोरङ सहकारी अस्पतालमा रहेको कारण बिरामीलाई आर्थिक रुपमा समेत भार कम पर्ने भएका कारण र बिराटनगरकै  चर्चित चिकित्सकहरुबाट विशेषज्ञ सेवाहरु उपलब्ध भएका कारण कोशी प्रदेशकै स्वस्थ्य को केन्द्र बन्ने दिशामा मोरङ सहकारी अस्पताल रहेको  छ । 


 अस्पतालका संचालक मिलन पौडेलले  एक सय शैय्याको अस्पतालमा सम्पूर्ण स्वास्थ्य सेवाहरू उपलब्ध भएको तथा मोरङ सहकारी अस्पताल सहकारी अन्तर्गतको अस्पताल  भएकाले यहाँ उपलब्ध सेवाहरुमा  शुल्क कम भए पनि बिरामीको उपचारका लागि गुणस्तरीयता मा कुनै सम्झौता नगरिएकोले ढुक्क भएर अस्पतालको सेवा लिन  आम सर्वसाधारण लाई सुझाव दिए । 

View : 902

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved